प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेसको ह्वीप जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेसको ह्वीप जारी


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्वीप जारी गरेको हो ।

गठबन्धनमा सहभागी सबै दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र बहुमत प्राप्त हुने विश्वास राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस