विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो


२ श्रावण २०७८, शनिबार


मेरील्याण्ड । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ। जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ।

जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। इटाली ६ करोड ५ लाख ७१ हजार ३४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस