२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीपी प्रतिष्ठान आन्दोलन : दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध

अ+ अ-

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् ।

प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन सुरु गरेका उनीहरुले शुक्रवारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् ।

शुक्रबार बिहान ८ देखि १० बजेसम्म आन्दोलनरत कर्मचारी, चिकित्सक र विद्यार्थीले काम नगरेको प्रतिष्ठान शुद्धीकरण अभियान सङ्घर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । आकस्मिक सेवा, कोभिड उपचार र परीक्षा नरोकिने र माग सम्बोधन नभएसम्म दुई घण्टा अन्य सेवा बन्द गर्ने काम उनले बताए ।

उनीहरु प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, वर्तमान पदाधिकारीको बहिर्गमन, भ्रष्ट्राचार र आर्थिक अनियमितता रोक्न फास्ट ट्र्याकबाट छानबिनलगायत माग राखेर आन्दोलनमा छन् ।

आन्दोलनरत पक्षले गत असार १५ गते प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरेका थिए । तर छलफलमा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी मदिरा सेवन गरेर पुगेपछि वार्ता भाँडिएको थियो । वार्ताका लागि कुलपति समेत रहेका प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिष्ठानका उपकुलपति गिरीले बिहीबार आन्दोलनरत कर्मचारी, चिकित्सक र विद्यार्थीलाई वार्तामा बोलाएका थिए । तर सङ्घर्ष समितिले उपकुलपतिसँग वार्तामा नबस्ने बताएको छ ।

सङ्घर्ष समितिका संयोजक डा. रिमालले उपकुलपति गिरीसँग वार्ता आह्वान गर्ने नैतिक हैसियत नै नरहेको जिकिर गरे । आन्दोलनमा रहेकाहरुलाई सम्बोधन गर्दै ६ पेज लामो पत्र लेखेका प्रतिष्ठानका उपकलुपति गिरीले बिहीबार वार्ताको अपिल गरेका थिए ।

उनले गरेको सार्वजनिक अपिलमा प्रतिष्ठानमा रहेको २७ वर्ष पुरानो फोहोर फाल्ने क्रममा आफूलाई पनि छिटा लागेको दाबी गर्दै प्रतिष्ठान सुधार गर्ने बताएका छन् ।

सङ्घर्ष समितिका संयोजक रिमाल बैठक हलमा मदिरा सेवन गरेर आएदेखि नै उपकुलपतिले छलफल गर्ने नैतिक हैसियत गुमाएको बताए । ‘हाम्रो माग पदाधिकारीहरुको बहिर्गमन हो,’ उनले भने, ‘६ पेज लामो अपिलभन्दा प्रश्न उठेको प्राध्यापक उपाधि र मापसेको विषयमा माफी मागे हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस