काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने


१ श्रावण २०७८, शुक्रबार


सरकारी जग्गा

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ ।

दिउँसो २ बस्ने बैठकमा बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औँ महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काङ्ग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकाङ्क्षीहरू धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढेको छ ।

देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै मन्त्रीको टुङ्गो लगाउने यसअघि नै बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस