कर्मचारी सञ्चय कोषको घटेको ब्याजदर आजदेखि लागू हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी सञ्चय कोषको घटेको ब्याजदर आजदेखि लागू हुने


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । कर्मचारी सञ्चय कोषले घटाएको ब्याजदर आजबाट लागु गर्ने भएको छ । सञ्चय कोषले बचत र कर्जा दुवैको ब्याजदर घटाएको जनाएको छ ।

सञ्चय कोषले गठन गरेको ब्याजदर पुनरावलोकन कमिटीले घटाउन सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार नयाँ ब्याजदर कायम भएको हो ।

सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर ६.५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा ७ प्रतिशत ब्याजदर थियो । यस्तै सञ्चयकर्तालाई दिने कर्जाको ब्याजदर पनि घटेर ७.७५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षमा कोषले सञ्चयकर्ताहरूबाट ८.२५ प्रतिशत ब्याज लिने गरेको थियो ।

यस्तै जलविद्युत आयोजनाहरुलाई दिने कर्जाको ब्याजदर पनि कोषले घटेको छ । कोषका अनुसार आयोजनाको ब्याजदर घटाएर ९ प्रतिशत कायम गरिएको छ । गत वर्ष आयोजनाको ब्याजदर ९.५ प्रतिशत थियो ।

चालू आर्थिक वर्षमा कर्जा लिन सम्झौता गरेका आयोजनाहरुले मात्र यो ब्याजदरमा कर्जा पाउने छन् । ब्याजदर अन्तर १.१ प्रतिशत मात्र हुने भएको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस