बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए ।

बिहीवार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद् बैठक छाडेर हिँडेका थिए । बजेट पारित नभएकाले शुक्रवारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । उनी विरुद्ध विपक्षी गठबन्धनले पटक–पटक अविश्वास प्रस्ताव दर्ता गराए पनि उनले छल्दै आएका छन् ।

८३ सदस्यीय प्रदेश लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । तर, एमालेका ३८ र जसपाका तीन जना गरी सत्तापक्षमा ४१ जना सांसद छन् । विपक्षमा पनि काँग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना नै सांसद छन् । दुवै पक्षको मत समान भएमा सभामुखको भोट निर्णायक मानिन्छ र लुम्बिनीमा सभामुख पूर्णबहादुर घर्ती माओवादी केन्द्रका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस