तपाईँहरु पनि मिल्नुस् हामी पनि मिल्छौँ : नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तपाईँहरु पनि मिल्नुस् हामी पनि मिल्छौँ : नेपाल


३१ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगको भेटवार्तामा पूर्वमाओवादी मिल्न आग्रह गरेका छन् ।

नेपाल निकट एक नेताका अनुसार उनले प्रचण्ड र विप्लव सँग मिल्न आग्रह गरेको र आफूहरुपनि मिल्ने बताएका छन् । नेपाललाई उदृत गर्दै नेपालनिकट ती नेताले भने,’उहाँले प्रचण्ड र विप्लवलाई मिल्न आग्रह गर्नुभयो । तपाईँहरु पनि मिल्नुस् हामी पनि मिल्छौँ भन्नुभयो । कम्युनिष्टहरुको एकतामा जोड दिनुभयो ।’

आज बिहान नेता नेपालको कोटेश्वरस्थित निवासमा भएको तीन नेताहरूको संयुक्त भेटवार्ता भएको थियो । बुधवार विप्लव र प्रचण्डबीच खुमलटारमा पनि भेटवार्ता भएको थियो ।

भेटका क्रममा सरकारले विप्लव नेतृत्वको पार्टीसँग वार्ताका क्रममा गरेको तीन बुँदे सहमतिबारेसमेत छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस