मोटरसाइकलको ठक्करबाट मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकलको ठक्करबाट मृत्यु


३१ असार २०७८, बिहिबार


राजविराज । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् ।

स ४ प ९५४ नंको मोटरसाइकलको ठक्करबाट घाइते उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय नियन्त्रणमा लिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस