प्रदेश नं २: सर्वसम्मतिले बजेट पारित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश नं २: सर्वसम्मतिले बजेट पारित


प्रशासन संवाददाता

३० असार २०७८, बुधबार


धनुषा । प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो ।

आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो । तीमध्ये चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब पाँच करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत छुट्याइएको छ ।

असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएर बजेट पारित गरिएको हो । मन्त्रालयको बजेट र अबन्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गरेका थिए तर, आज मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समयसमेत नदिएर बजेट पारित गरिएको हो ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समय अभाव राजनीतिक अवस्थाले बजेटमा त्रुटि र कमीकमजोरी भएको स्वीकार गर्दै बजेटमा भएको त्रुटि मन्त्रिपरिषद्धारा रेड बुक (बजेट पुस्तिका) सच्याउने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो ।

उनले बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सदस्यलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने बताए । अर्थमन्त्री विजय यादवले पनि बजेटको त्रुटि सच्याउने आश्वासन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस