भारतको मन्त्रीपरिषद् बैठक भौतिक रुपमा एक बर्षपछि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतको मन्त्रीपरिषद् बैठक भौतिक रुपमा एक बर्षपछि


३० असार २०७८, बुधबार


नयाँ दिल्ली । भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।

मन्त्रीपरिषद्ले व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन्। बैठकमा विशेष गरेर आगामी संसद् अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको सङ्घीय संसद्को बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भई अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ ।

प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस