उच्च अदालत विराटनगरमा कार्यरत एक कर्मचारी कार्यालय परिसरमै मृत फेला « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उच्च अदालत विराटनगरमा कार्यरत एक कर्मचारी कार्यालय परिसरमै मृत फेला


२८ असार २०७८, सोमबार


विराटनगर । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत एक महिला कर्मचारी मृत फेला परेकी छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला कुमारी पराजुली सोमवार बिहान कार्यालय परिसरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कार्यालय सहयोगी पराजुली कार्यालय परिसरमै कार्यालय पोशाकमै मृत अवस्थामा भेटिएकी छन् । घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस