देशका मुख्य नदीहरूमा बहाव बढ्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशका मुख्य नदीहरूमा बहाव बढ्ने


२८ असार २०७८, सोमबार


काठमाडौँ। आज देशका केही मुख्य नदीहरूमा पानीको सतह बढ्ने भएको छ । कर्णाली र महाकाली नदीका सहायक नदीहरूमा पनि आज पानीको बहाव केही बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बहाव केही बढे पनि सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज तिनाउमा पनि बहाव केही बढ्नेछ । कोसी, नारायणी र यसका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतमा बहाव सामान्य घटबढ हुने तर सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज ताप्लेजुङ, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सुनसरी, मोरङ, झापा, इलाम, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, सिन्धुली, गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्जा, कास्की, म्याग्दी, बागलुङ, परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रुकुम पूर्व, सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, दैलेख, जुम्ला, दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस