२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारी वर्षाका कारण डोटीमा तीन घर भत्किए

अ+ अ-

डोटी । लगातारको भारी वर्षाका कारण जिल्लामा तीनवटा घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार आज वर्षात्ले जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उनको घरको तल्लो तला भत्किदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् ।

यसैगरी जिल्लाकै बडिकेदार गाउँपालिका–१ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घरको धुरी भाँचिई घर भत्किदा घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–५ बागठाँटा बस्ने जोगी भुलको ढुङ्गा माटाले बनेको स्लेटले छाएको दुई तले घरको धुरी वबर्षातका कारणले भाँचिन गई घर भत्किई घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा क्षति भएको छ । भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको अनुमान गरिएको छ ।

दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका विषयमा तथा क्षतिका बारेमा थप बुझ्नका लागि अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।