सचिवका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस


२४ असार २०७८, बिहिबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार(आज) बिहान सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय कृष्णहरि पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरण राज शर्माको नाम सिफारिस गरेको हो ।

आज अपराह्न प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ ।

आजै स्वास्थ्य सचिवका लागि प्रारम्भिक बैठक पनि बसेको छ । स्वास्थ्य सचिवका लागि उम्मेदवार धेरै भएकोले ति सबैको विवरण केलाउन केही दिन समय लाग्नेछ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस