२४ घण्टामा थप २२३९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्‍यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा थप २२३९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्‍यु


२५ असार २०७८, शुक्रबार


काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप २२३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

आज शुक्रबार कोरोना भाइरस संक्मणका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस