२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली वैज्ञानिक सक्षम छन् : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अभाव र विभेदरहित, शान्त सभ्य र मानवीयतायुक्त समाज आवश्यक भएको बताउँदै उनले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामूलक समाज जरुरी भएको धारणा उनको थियो ।

‘हामी मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौँ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ’, उनको भनाइ थियो । देशमा शिक्षा आर्जन गर्ने अधिकरार ७० वर्षअघि मात्रै प्राप्त भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाइ पनि प्रधानमन्त्रीको थियो । यसै क्रममा देशले विसं २०४० देखि प्राविधिक शिक्षाको शुरुआत, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा नेपाली वैज्ञानिकले खोज अनुसन्धान शुरु गर्न थालेको पनि उनले बताए ।

देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाइ प्रधानमन्त्रीको थियो । उनले भने, “हाम्रा डाक्टरहरू अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरूले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीले गर्छौँ ।” पहिलो पटक गर्दा बारम्बार सङक्रमणले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो सङ्क्रमण झेल्नु नपरेको र १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उनले स्मरण गरे ।

प्रधानमन्त्रीले नेपालीमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरूबाट विज्ञानका ठूला अनुसन्धान हुनसक्ने समेत बताए । परापूर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, शल्यचिकित्साको क्षेत्रमा संहिताको विकास भएको समेत उनले उल्लेख गरे । पूरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुप्रै स्थान बाँकी रहेको बताए ।

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमीनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उनको थियो । उनले भने, ‘सन् १९७० को दशकसम्म अन्न उत्पादन नहुने भएकाले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ र त्यहाँ काम गर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमूनायोग्य काम गरिहेका छन् ।’ हामी कहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दै उनले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत विसं २०७७ को नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाइमा प्रवद्र्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका थिए ।

यसै गरी उनले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेवापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिडसम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकाको भूमिगत जल सञ्चयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा डा आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे वापत, डा अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादीसम्बन्धी अनुसन्धान गरेबापत र डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्धसम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो । यसैगरी महिला विज्ञान पुरस्कार डेङ्गु रोगको फैलनमा तापक्रमको भूमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवद्र्धन गरेवापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्दप्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस