सर्वोच्चको आदेशपछि वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्चको आदेशपछि वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द


२३ असार २०७८, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले सर्वोच्चको आदेशपछि राष्ट्रिय वाणिज्य बैङ्कको लिखित परीक्षा रद्द गरेको छ ।

आयोगको असार २१ गतेको निर्णय अनुसार बैङ्कको २०७५/१२/२२ को विज्ञापनमा लिइएका आन्तरिक, खुला तथा समावेशीतर्फका लिखित परीक्षाहरू रद्द भएका हुन् ।

कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरिएको ब्यहोराको आदेश २०७७ मङ्सिर १७ मा सर्वोच्चले दिएको थियो त्यसैको कार्यान्वयन गर्न आयोगले परीक्षा रद्द गरेको हो।

राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपाल काठमाडौँका अध्यक्ष हेमराज सुवेदीसमेतले सर्वोच्चमा यसबारे रिट निवेदन दिएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस