कास्कीमा कांग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कास्कीमा कांग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य


२३ असार २०७८, बुधबार


गण्डकी । नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।

जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल गरेको उनले बताए । टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता सिग्देल थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस