बीस हजार घुससहित करारका सब–इन्जिनियर पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बीस हजार घुससहित करारका सब–इन्जिनियर पक्राउ


२३ असार २०७८, बुधबार


अख्तियार

काठमाडौँ । सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङका सब–इन्जिनियर विनोद सापकोटा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

खेलकुद मैदान निर्माण सम्पन्न गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस लिई सकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग राईले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा धादिङ, थाँक्रे गाउँपालिका वडा नं। २ स्थित हुलाक डाँडाबाट उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

सापकोटालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता रिसालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस