राष्ट्रियसभामा लोक सेवा आयोगको वार्षिक प्रतिवदेन पेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रियसभामा लोक सेवा आयोगको वार्षिक प्रतिवदेन पेश


२३ असार २०७८, बुधबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६र०७७’ पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गरे ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक असार २७ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस