विश्व कीर्तिमानी गीतकार उपाध्यायको नयाँ गीत सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विश्व कीर्तिमानी गीतकार उपाध्यायको नयाँ गीत सार्वजनिक


२३ असार २०७८, बुधबार


काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौँ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ ।

सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाढा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोसिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेसा र समुदायका लागि रहेका छन् । उनका २४ एल्बममा माया प्रेम, रोमान्स बिछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी बिदाइ गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत छन् । उनका ११ उपन्यास र तीन गीति पुस्तक पनि प्रकाशित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस