विदेशमा चिकित्सा शिक्षा स्नातक अध्ययन गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशमा चिकित्सा शिक्षा स्नातक अध्ययन गरेकाले नेपालमै इन्टर्नसिप गर्न पाउने


२३ असार २०७८, बुधबार


काठमाडौँ । विदेशमा चिकित्सा शिक्षा स्नातक तहको अध्ययन पूरा गरी इन्टर्नसिप रोकिएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्। विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी परीक्षा पास भइसकेका र कोरोना महामारीका कारण इन्टर्नसिप रोकिएका विद्यार्थीहरूले अव नेपालमै इन्टर्नसिप गर्न पाउने भएका हुन् ।

कोभिड १९ को जटिल परिस्थितिकै कारण अध्ययन गरेको विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेकोले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई यो एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको छ।

चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भनेको छ।

अनलाइन आवेदन असार २४ देखि खुल्ने र साउन ५ गतेसम्म भरिसक्नुपर्नेछ। आवेदन शुल्क एक हजार पाँच सय लाग्नेछ। आवेदन प्रणाली आयोगको वेबसाइटमा रहेको सूचनामा छ। स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तीर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेस गर्नुपर्ने हुन्छ।

साथै इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमति पत्र पनि आवश्यक हुन्छ। आवेदन फारममा माग गरिएका सबै कागजात अनवार्यरुपमा पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस