कोरोना संक्रमणबाट बुटवल १८ का वडाध्यक्षको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना संक्रमणबाट बुटवल १८ का वडाध्यक्षको निधन


२२ असार २०७८, मंगलबार


तिलोत्तमा । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उनको मंगलबार बिहान ८ बजे उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतालमा मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

गत असार १० गते कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको उनले जानकारी दिए ।

रेग्मीका अनुसार आचार्यले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस