वायुसेवा निगमका कर्मचारीले गरे कार्यालयमा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वायुसेवा निगमका कर्मचारीले गरे कार्यालयमा तालाबन्दी


२२ असार २०७८, मंगलबार


काठमाडौँ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् ।

निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सरकारी स्वामित्वमा रहेको निगमलाई सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

सम्बन्धित समाचार : वायुसेवा निगमका कर्मचारी आन्दोलित

Tags :
प्रतिक्रिया दिनुहोस