प्रशासन र प्राविधिकतर्फ दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रशासन र प्राविधिकतर्फ दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस


२० असार २०७८, आइतबार


काठमाडौँ। सचिव बढुवा सिफारिस समितिले रिक्त दुई सचिव पदमा ६ जना वरिष्ठ सहसचिवको नाम सिफारिस सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जना गरी ६ जनाको नाम सिफारिस गरेको हो ।

प्रशासनतर्फ सहसचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस गरिएको छ भने प्राविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ ३ जनामध्ये एक जना र प्राविधिकतर्फ पनि ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ ।

सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले सम्भवतः सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस