कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्न अनुमति माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्न अनुमति माग


प्रशासन संवाददाता

२० असार २०७८, आइतबार


परीक्षाफल

काठमाडौँ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै साउन अन्तिम साताबाट गर्न अनुमति माग गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने योजना अनुसार कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट गर्न सरकारसँग अनुमति माग गरेको हो ।

स्रोतका अनुसार कक्षा लाखौँ विद्यार्थीको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्न नसकिने भन्दै ढिलै भए पनि भौतिक अपस्थितिमै परीक्षा सञ्चालन गर्ने योजना राष्ट्रिय परीक्षा बोर्डको छ ।

उक्त प्रस्तावमाथि एमसीसीमा छलफल पछि मात्रै निर्णय हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जनाएको छ । यसअघि जेठ २६ बाट हुने भनिएको परीक्षा पनि एमसीसीले नै रोक्ने निर्णय गरेको थियो ।

यद्यपि कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै होम सेन्टरमा हुने सम्भावना बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस