असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव


१९ असार २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र वितरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरेका हुन् ।

शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै महासचिव पोखरेलले महाधिवेशन प्रयोजनका लागि असार २५ गतेभित्र प्रस्ताव मातहतका कमिटीमा पठाउने र साउन १५ भित्र केन्द्रमा सुझाव पठाउने विषय पनि उनले प्रस्ताव गरेका छन् ।

यसबाहेक भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ । यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ । आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरि पार्टी अधिवेशनमा लाग्नुपर्ने पनि पोखरेलले बताए ।

बैठकमा माधवकुमार नेपाल पक्ष र झलनाथ खनाल पक्ष भने उपस्थित भएका छैनन् । माधव नेपाल पक्षको माग मुताबिक १० ओेँ महाधिवेशन आयोजक कमिटी भंग गरि केन्द्रीय कमिटीमा फर्किँदा पनि बैठकमा सहभागी नहुनु गम्भीर भएको पनि उनले बैठकमा बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस