अर्याल र ओली सहसचिव बढुवा सिफारिस « प्रशासन
Logo ७ आश्विन २०७८, बिहिबार
   

अर्याल र ओली सहसचिव बढुवा सिफारिस


प्रशासन संवाददाता

१९ असार २०७८, शनिबार


काठमाडौँ । नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो ।

यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : परराष्ट्र सेवाका तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस