राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभामा प्रस्तुत सात अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता


१८ असार २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाका दुई जना सदस्यले राष्ट्रिय सभामा प्रस्तुत सात वटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टी(जसपा)बाट सांसद प्रमीला कुमारी र मृगेन्द्रसिंह यादवले शुक्रवार सात वटै अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका हुन् ।

ती अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेलवे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश र विनियोजन अध्यादेश छन् ।

उक्त अध्यादेशहरू संसद् छलेर ल्याएको, संविधानको भावना विपरीत रहेको, संसदीय अभ्यास र मान्यता विपरीत रहेको लगायतका कारण राष्ट्रिय सभाले अस्वीकृत गर्नुपर्ने सूचना पत्रमा उल्लेख छ । त्यस्तै, काँग्रेसले पनि अध्यादेश अस्वीकारको सूचना संसद् सचिवालयमा दर्ता गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस