२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ डिभिजनको ८० प्रतिशत भौतिक प्रगति हुने अपेक्षा

अ+ अ-

काठमाडौँ । डिभिजन सडक कार्यालय काठमाडौँले चालु आवमा लक्ष्यभन्दा ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका पाँच/छ दिन काम गर्न पाएमा सो प्रगति हासिल गर्न सकिने डिभिजनले जनाएको छ ।

चालु आवमा कोभिडका कारण काममा बाधा पुगेकाले कार्यालयले लक्ष्यभन्दा कम प्रगति हुने देखिएको जनाएको छ । दुई महिनामा निर्माण र मर्मत दुवै काममा निषेधाज्ञाका कारण अवरोध पुगेको कार्यालयले बताएको छ । अहिले मनसुनका कारण कालोपत्र गर्न नसकिरहेको कार्यालय प्रमुख कुबेर नेपालीले बताए । वर्षा भइरहँदा सडक निर्माणको अरू काम गरे पनि कालोपत्र गर्न सकिँदैन । उनले भने, ‘अझै पनि मौसममा सुधार आए काम गर्न सकिनेछ ।’

कार्यालयले २१ किमी नियमित मर्मतको लक्ष्य राखेकामा अहिलेसम्म झण्डै १३ किमी सम्पन्न भएको छ । अहिले गर्नुपर्ने ठाउँमा नै मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि खाल्डो खनिएकाले बाधा पुगेको प्रमुख नेपालीले बताए । उनका अनुसार अझै पनि दुई÷तीन दिन घाम लागेमा नयाँ निर्माण नसकिए पनि मर्मतको काम गर्न सकिनेछ । त्यस्तै चालु आवमा १५ किमी लक्ष्य लिइएकामा अहिलेसम्म १० किमी सकिएको उनले बताए । उनले भने, ‘अहिले पनि मर्मतको काम गर्न सकिने देखिन्छ ।’

विगतका वर्षमा काठमाडौँका मुख्य सडक खाल्डा नै खाल्डा हुने गरेकामा गत आवमा मुख्य सडकमा कालोपत्र थप्ने काम भएको थियो । चालु आवमा गत आवमा गर्न बाँकी ठाउँमा ‘ओभर ले’ को योजना बनाइएको भए पनि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा समन्वय हुन नसक्दा काम हुन सकेको थिएन । वैशाख र जेठमा एकातिर सङ्क्रमितको सङ्ख्या उच्च र अर्कातिर प्रशासनबाट आवश्यक समन्वयको कमीका कारण निर्माण अघि बढ्न सकेको थिएन ।

कार्यालयले चालु आवमा मुख्य सडकमा पैदलयात्रु मार्ग निर्माणलाई अघि बढाइरहेको छ । हेर्दा सुन्दर पैदलयात्रु मार्ग अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिका सबैलाई हिँड्न सजिलो हुने किसिमको छ । कार्यालयले चालु आवमा नयाँ सडकको निर्माण मुख्य शहरी क्षेत्रभन्दा पनि चक्रपथ बाहिरका क्षेत्रमा गरिरहेको थियो ।