२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय बर्ष पूरा, समृद्ध चीनको सपना साकार भएको राष्ट्रपति सीको भनाइ

अ+ अ-

बेइजिङ् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को स्थापनाको १०० औँ बर्ष पूरा भएको अवसरमा चीनको राजधानी बेइजिङमा भब्य समारोहका साथ सीपीसीले स्थापना दिबस मनाएको छ ।

अवसरमा सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिङफिङले चिनियाँ जनतालाई कुनै पनि विदेशी तागतले हराउन नसक्ने बताएका छन् ।

बिहीबार बिहान राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै महासचिव सीले कुनै पनि विदेशी तागतले आफुहरुलाई धम्क्याउने, उत्पीडित गर्ने र आफ्नो बशमा पार्न नसक्ने बताएका हुन्।

सीपीसीका महासचिवसमेत रहेका राष्ट्रपति सीले आफुहरुले शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने बताउँदै चीनलाई धम्क्याउन खोज्ने शक्तिसँग चीन नतर्सिने चेतावनी दिए । उनले भने, ‘जो कोहीले चीनलाई दबाउने दृष्टि राख्छ वा कोशिस गर्छ भने उसले अर्ब अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनताले तयार पार्ने विशाल फलामे पर्खालसँग टक्कराउनुपर्नेछ । उनीहरु धुलोपिठो बन्नेछन् ।’

चीनको राष्ट्रपति समेत रहेका सीले आफुहरुले कुनै पनि देशलाई दुःख दिने, सताउने या अधिनमा पार्ने काम कहिल्यै नगरेको र नगर्ने स्पष्ट बताए । उनले भने, ‘चीन सधैं विश्वमा शान्ति स्थापना गर्न, विश्वव्यापी विकासमा योगदान गर्न एवं विश्व व्यस्थालाई जोगाउन र साझा भविष्यका साथ मानव समुदायको सर्वोपरी हितका लागि निरन्तर काम गर्न चाहन्छ ।’ उक्त अबसरमा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका महासचिव सीले जनमुक्ति सेनालाई अझ उन्नत र शक्तिशाली बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले एक चीन नीतिमा प्रतिवद्ध रहँदै हङकङ र मकाओको विकास र प्रगति अघि बढाइने पनि बताए । हङकङ र मकाओ चीनको आन्तरिक मामिला भएको स्पष्ट पार्दै उनले कुनै पनि विदेशी शक्तिलाई हस्तक्षेप गर्न नदिने उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी ले मध्यमस्तरको समृद्ध राष्ट्र बनाउने पहिलो शताब्दी लक्ष्य पुरा भएको घोषणा गर्दै सीपीसीको १०० वर्षको संघर्षमय प्रयास र पछिल्लो चार दशक यता सरकारद्वारा गरिएको अथक प्रयासका कारण चिनियाँ जनताले दुई हजार ५०० वर्षदेखि साँचेको समृद्ध चीनको सपना साकार पार्न सफल भएको बताए ।

चिनियाँ कम्यनिष्ट पार्टीको कुल सदस्य सङ्ख्या नौ करोड ५० लाखभन्दा बढी पुगेको छ । सयौँ बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विवरण अनुसार चिनियाँ कम्युनिष्ट पार्टीमा अहिलेसम्म नौ करोड ५१ लाख ४८ हजार चिनियाँ नागरिक आवद्ध भएका छन् ।

यो तथ्याङ्क यही जुन ५ तारिखसम्मको भएको चिनियाँ कम्युनिष्ट पार्टीको संगठन विभागले बुधबार जानकारी दिएको छ । सन् २०१९को अन्त्यसम्मको सदस्य सङ्ख्याभन्दा अहिले ३।५ प्रतिशतले सदस्य सङ्ख्या बृद्धि भएको संगठन विभागको भनाइ छ ।

विश्वकै प्रभावशाली पार्टीमध्ये मानिने चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१, जुलाई १ मा भएको थियो । सुरुमा ५० जना जति सदस्यबाट स्थापना भएको यो चिनियाँ कम्युनिष्ट पार्टी अहिले विश्वकै सवैभन्दा ठूलो सत्तारुढ कम्युनिष्ट पार्टीको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस