चम्पादेवीका वडाध्यक्षलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चम्पादेवीका वडाध्यक्षलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश


१६ असार २०७८, बुधबार


काठमाडौँ। सर्वोच्च अदालतले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुरेशकुमार थापालाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले थापाको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै पुनर्बहाली गरेको हो ।

आदेशमा संविधानले नै स्थानीय तहमा दल त्याग गरेको आधारमा पद रिक्त हुने व्यवस्था नगरेको स्थितिमा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम दल त्याग सम्बन्धी कारबाही प्रक्रिया संविधानको धारा २१५९८० अनुकूल नदेखिने उल्लेख छ ।

कानुनबमोजिमका काम कर्तव्य र अधिकारबाट वञ्चित भई निवेदकलाई अपूरणीय क्षति हुन जाने देखिएको भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म माओवादी केन्द्रको पत्रका आधारमा गरिएको पदमुक्तको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस