पौडेल पक्षको बैठक सुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पौडेल पक्षको बैठक सुरु


१६ असार २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री डा. शशाङ्क कोइरालाको महाराजगन्जस्थित निवासमा सुरु भएको छ ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, महाधिवेशन कार्य तालिका कार्यान्वयन र भावी नेतृत्वबारे बैठकमा छलफल हुने बताइएको छ ।

सो समूहबाट पौडेलसहित महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापति पदको आकाङ्क्षी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस