प्रधानमन्त्री र कानुनमन्त्रीकाे राष्ट्रपतिसँग भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री र कानुनमन्त्रीकाे राष्ट्रपतिसँग भेटवार्ता


१६ असार २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर छलफल गरेका छन् ।

मङ्गलवार फरक फरक समयमा प्रधानमन्त्री र कानुनमन्त्रीले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मङ्गलवार बिहान १० बजेर १० मिनेटदेखि ११ बजेर २० मिनेटसम्म छलफल गरेका हुन् । भने कानुनमन्त्री श्रेष्ठले दिउँसो ३ बजेदेखि सवा ४ बजेसम्म राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

भेटमा भएको छलफलबारे भने पनि खुलाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस