नेप्से परिसूचकमा ४७ अंकको गिरावट « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

नेप्से परिसूचकमा ४७ अंकको गिरावट


१५ असार २०७८, मंगलबार


काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ४७.४९ अंकले घटेको छ । मंगलबार बजारमा देखिएको तीव्र उताचढावपछि नेप्से ४७.५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.८७ अंकले घटेको छ । कारोबार रकम ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ पुगेको छ । नेप्सेमा कारोबार हुने लघुवित्त समूहबाहेक सबैको सवइन्डेक्स घटेर राताम्मे देखिएको छ ।

सबै समूह घट्दा पनि लघुवित्त समूह २६.४ अंकले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस