भिसा प्रणाली डिजिटलमा रूपान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भिसा प्रणाली डिजिटलमा रूपान्तरण


१४ असार २०७८, सोमबार


काठमाडौँ । अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ वर्ष पुराना प्रणाली विस्थापित गरि डिजिटल प्रणाली शूभारम्भ गरेको छ । अध्यागमन विभागले हस्तलिखित भिसा प्रणालीलाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरु गरेको हो ।

सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीको शुभारम्भ गरे । उनले यो प्रणाली अनुसार पहिलो भिसा पोर्चुगलका नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरे ।

क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणाली कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने छ ।

यसबाट हातले लेख्दा हुने त्रुटि तथा केरमेट नहुने र प्रणालीबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने छ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडमा भएको विवरणका आधारमा पत्ता लगाउन सकिने हुन्छ ।

अब नेपालको भिसा अन्तरर्राष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्धुतीय भिसा लागू गर्न सकिने भएको छ । हाल बिभागबाट शुरू भएको यो सेवा निकट भविष्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देश भरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना रहेको विभागको भनाइ छ ।

उप्रपधान तथा गृहमन्त्री पौडेलले यो प्रणालीले नेपाली अध्यागमनलाई नयाँ युगमा प्रवेश गराएको बताए । उनले सरकारी सेवालाई विद्युतिय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा दिने समेत उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस