काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न आज (सोमबार) बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलिदेखि सार्वजनिक सवारी साधन जोरबिजोर चल्न दिने निर्णय गरेको छ ।
निषेधाज्ञालाई खुकुलो पार्दै एक साता थप गर्ने निर्णय बैठकबाट गरिएको छ भने किराना तथा खाद्यान्न पसल दिनभर खुल्न दिने तथा बार अनुसार खोल्न पाउने भनिएका पसलहरूलाई पनि सर्तसहित दैनिक खोल्न दिने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जारी गरेको आदेशमा भनिएको छ ।
बैङ्क, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन् । बिस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदै छ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,डान्स बार, दोहोरी, नाचघर, चिडियाखाना, रगंशालामा हुने दर्शक सहितको खेलकुद र मानिसकोहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।
यस्ता छन् आदेश







