२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउन माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले वडा तहदेखि केन्द्रसम्म महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताएका छन् । लोकतान्त्रिक सचेतना अभियानले आज यहाँ आयोजना गरेको ‘१४ औँ महाधिवेशनमा महिला तथा युवा नेतृत्व, सम्भावना र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा नेताहरुले वडा तहदेखि नै महिला र युवाको सहभागिता बढाउनुपर्ने बताएका हुन् ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले काँग्रेसभित्र वडा तहदेखि केन्द्रसम्म नै महिला सहभागिता बढाउँदै लैजानुपर्ने बताइन् । उनले महिला क्षमतावान र सक्षम भएपनि नेतृत्वका लागि पार्टीभित्रबाटै असहयोग हुने गरेको गुनासो गरिन् । स्थानीय तहमा महिला सहभागिता विस्तारै बढ्दै गए पनि केन्द्रमा भने अत्यन्त न्यून रहेको उनको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्रको पदाधिकारीमा महिलालाई स्थान दिनेबारे विधान बनाउँदा कमजोरी भएको बताइन् । ‘आगामी महाधिवेशनबाट काँग्रेस पदाधिकारीमा युवाहरु आउनु पर्दछ’ उनले भनिन् ।

अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधि र विधानमा चल्न नसक्दा अहिलेको अवस्था आएको बताए । ‘पार्टीभित्र विधि र विधानको शासन हुनुपर्छ, व्यक्तिको शासन होइन,’ उनले भने । तल्लो तहबाट नै पार्टीलाई समावेशी बनाउनुपर्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य सीता गुरुङले काँग्रेससँगै स्थापना भएको नेपाल महिला सङ्घले अहिलेसम्म पार्टीको नेतृत्व गर्न नपाउनु दुःखद् कुरा भएको बताइन् । पार्टीभित्र महिला अधिकारका लागि अझै लड्नुपर्ने अवस्था रहेको छ । अर्का केन्द्रीय सदस्य सरिता प्रसाईँले काँग्रेसले नयाँ र पुराना क्रियाशील सदस्यतालाई समेटेर अगाडि बढाए मात्र पार्टी बलियो हुने बताइन् ।

पार्टीभित्रका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन हुन नसक्नु दुःखद् भएको उनको भनाइ थियो । सो अवसरमा नेपाल महिला सङ्घकी महासचिव धना खतिवडा, काँग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङ, ताप्लेजुङका सभापति लीला वोखिमलगायतले केन्द्रीय कार्यसमितिमा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिए ।