आगामी तीन दिन भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगामी तीन दिन भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह


प्रशासन संवाददाता

१३ असार २०७८, आइतबार


काठमाडौँ । मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन देशका विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

यस्तै‚ सोमबार दिउँसो देशभर मौसम बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेश एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर मौसम बदली रही प्रदेश १, प्रदेश २, बागमती‚ गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना छ।

महाशाखाले भीषण वर्षा हुने स्थानमा पहिरो जोखिम रहेको र नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस