नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको उपचारका क्रममा निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको उपचारका क्रममा निधन


१० असार २०७८, बिहिबार


काठमाडौँ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार (आज) दिउँसो १ः३० बजे निधन भएको हाे ।  कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए ।

कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ थिए ।

२०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०३६ सालमा संघ स्थापना गर्ने मध्येका एक संस्थापक सदस्य थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस