२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी कोशी गाउँपालिकाको बजेट ४८ करोड

अ+ अ-

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४८ करोडको बजेट, योजना, नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले आठौं गाउँसभामा बुधबार ४८ करोड २ लाख ७३ हजारको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । विनियोजित रकममध्ये चालु खर्चतर्फ २५ करोड ५० लाख ७३ हजार र पुँजीगत खर्चतर्फ २२ करोड ५२ लाख निर्धारण गरिएको उनले जानकारी दिए ।

अध्यक्ष अन्सारीका आुसार ‘पर्याप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । ‘गाउँमा दिगो भौतिक पूर्वाधार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने लक्ष्यका साथ प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइपसहित ग्राभेल सडकमा स्तरोन्नती गरिने नीति लिएको बताउँदै उनले ‘एक वडा एक गौरव योजना’ कार्यक्रमअन्तर्गत प्रत्येक वडामा कम्तिमा पाँच करोड लागतको एउटा योजना पहिचान गरी कार्यान्वयन गर्ने नीति लिएको जानकारी दिए ।

गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ को अवधारणा अनुसार गाउँपालिकाभित्र रहेका ऐलानी/सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने निति लिएको छ । गाईभैंसी सुन्दरी प्रतियोगितालाई निरन्तरता दिदैं गाउँपालिकाले किसानको मनोबल उच्च पार्न सहभागी कृषकलाई पुरस्कार समेत वितरण गरिने योजना ल्याएको अध्यक्ष अंसारीको भनाइ छ ।

सभामा वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गाउँपालिकाका तीन जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायब सुब्बा राजकिशोर मेहता र प्राविधिक मुन्ना ठाकुरलाई पुरस्कृत गरिएको गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत गिरी र नायब सुब्बा मेहतालाई सम्मानपत्रसहित नगद एक लाख तथा प्राविधिक ठाकुरलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व असुली गर्ने कोशी गाउँपालिका वडा नं १ लाई समेत पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस