२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनद्वारा सेवा सुरु गर्न बार निर्धारण

अ+ अ-

वाग्मती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः सुरु गर्ने जनाएको छ ।

कोरोना कहरका कारण करिब दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो । नयाँ नागरिकता, प्रतिलिपि र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित तय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई निश्चित गरिएको हो ।

थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि मङ्गलवार र बुधवार आउन भनिएको छ ।

त्यसैगरी मनहरी, वाग्मती, बकैया मकवानपुरगढी र भीमफेदी गाउँपालिका सेवाग्राहीले बिहीबार र शुक्रवार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । हेटौँडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ ।

कोरोनाको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्नसमेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस