२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा पहिरो, बजार पूँजीकरण समेत घट्यो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ ।

मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अङ्कले घटेर नेप्से दुई हजार ८६२.१८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३७ बिन्दुले घटेर ५२८.९७ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्राको प्रभाव कारोवार रकममा समेत देखिएको छ । कूल २१८ कम्पनीको एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर रु आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ मा खरिद बिक्री भए । बुधबारको कारोवार पछि बजार पूँजीकरण पनि मङ्गलबारको तुलनामा खुम्चिएको छ । मङ्गलबार रु ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको बजार पूँजीकरण आज घटेर रु ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ४० हजारमा सीमित भएको छ ।

कारोवार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । त्यसमा बैंकिङ २८.५४, व्यापार ५५.५६, होटल तथा पर्यटन ६९.७७, विकास बैंक १६०.६६, जलविद्युत् ७१.४९, वित्त ६७.४४, निर्जीवन बीमा २८०.१२, उत्पादन १२१.१३, अन्य ४४.४३, लघुवित्त १००.३२, जीवन बीमा ३८७ ३८७.४२ , सामूहिक लगानी कोष ०.१४ र लगानी उपसमूह ०.३९ बिन्दुले घटेको छ । कारोवारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड २० लाख ३६ हजार बराबरको कारोवार भयो ।

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी रु ४२ करोड चार लाख ४८ हजार ७३५, राधी विद्युत् कम्पनी रु ३८ करोड ४१ लाख ६८ हजार ५६५, नेशनल हाइड्रोपावर कम्पनी रु ३३ करोड ८९ लाख ५६ हजार २५९ र एचआइडिसिएल रु ३० करोड ३१ लाख ७६ हजार १६५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, कारोवारका आधारमा राधी विद्युत् कम्पनी ९.७१, ङादी ग्रसप अफ पावर ९.०९, छ्याङदी हाइड्रोपावर ६.५६, नेपाल इन्स्योरेन्स ६.१६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए । यस्ते, कालिका पावर कम्पनी ५.६०, नेपाल फाइनान्स ५.४८, मञ्जुश्री फाइनान्स ५.१४, नेपाल हाइड्रो डेभलपर ५.०८ र अरुण काबेली पावरका लगानीकर्ताले ५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस