अब त चेतौँ, छिटो संसद् पुनर्स्थापना गरेर लोकतन्त्र ट्र्याकमा ल्याऊ : बाबुराम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब त चेतौँ, छिटो संसद् पुनर्स्थापना गरेर लोकतन्त्र ट्र्याकमा ल्याऊ : बाबुराम


९ असार २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अब छिटो संसद् पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याउन ढिलाइ गर्न नहुने बताएका छन् ।

उनले अब कसैलेपनि गल्ती दोहोर्‍याउन नहुने भन्दै सबैले बेलैमा चेत गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत अरू देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहँदा हामी चाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चिरहेको भन्दै उनले अब चाहिँ बेलैमा चेत्नुपर्ने बताएका छन् ।

‘अरू देश आफ्ना नागरिक सबैलाई छिटो कोभिड९१९ खोप जुटाउन व्यस्त छन्,हामी चाहिँ कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समय–शक्ति खर्चने भयौँ’, उनले भनेका छन्, ‘अब त चेतौँ–छिटो संवैधानिक परिषद् विधेयक खारेजी र संसद् पुनर्स्थापना गरेर संविधान–लोकतन्त्र ट्र्याकमा ल्याऊ ! अदालत–दल नागरिकले आआफ्नो धर्म निभाऊँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस