विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान


८ असार २०७८, मंगलबार


जलेश्वर । महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गरेका छन् ।

वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान गरेका हुन् ।

नगरप्रमुख कार्कीले वर्दिबासमा अपाङ्ग विद्यालयका लागि आफ्ना करोड बढी मूल्य पर्ने जग्गा दान दिएको दुवै जना मनकारीलाई नगरपालिकाले धन्यवाद दिएको छ । यता अपाङ्ग बालबालिकाका लागि आफ्नै गाउँठाउँमा विद्यालय सञ्चालनमा आउने भएपछि स्थानीय निक्कै खुशी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस