सङ्घीय प्रहरी ऐन चाँडो ल्याउन गृहमन्त्रीलाई प्रदेश मन्त्रीहरूको सुझाव « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सङ्घीय प्रहरी ऐन चाँडो ल्याउन गृहमन्त्रीलाई प्रदेश मन्त्रीहरूको सुझाव


६ असार २०७८, आइतबार


काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग छलफल गरेका छन् । आइतबार विपद् व्यवस्थापनको विषयमा केन्द्रित रहेर मन्त्री अधिकारीले छलफल गरेका हुन् ।

छलफलको क्रममा प्रदेश मन्त्रीहरूले मन्त्री अधिकारीलाई सङ्घीय प्रहरी ऐन चाँडै ल्याउन सुझाव दिएका छन् । प्रदेशका एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्री छलफलमा प्रदेश मन्त्रीहरूले मन्त्री अधिकारीलाई प्रहरी समायोजन छिटो सक्न पनि आग्रह गरेको बताए ।

छलफलमा व्यवस्थापन, कोरोना महामारी, मुलुकको शान्ति सुरक्षा लगायतका विषयमा छलफल केन्द्रित रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस