सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न देउवालाई सुझाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न देउवालाई सुझाव


प्रशासन संवाददाता

६ असार २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेता कृष्ण प्रसाद सिटौलालाई कार्यवाहक दिएर अघि बढ्न उनी निकट नेताहरूले सुझाव दिएका छन् ।

पार्टीको आगामी महाधिवेशनबाट सभापतिमा आफ्नै निरन्तरता दिनको लागि तयारीमा जुटेका देउवालाई नेताहरूले सिटौलालाई कार्यवाहक बनाएमा पार्टी सहजढंगले अगाडी बढ्ने र सभापतिमा जित्न सहज वातावरण बन्ने भन्दै सुझाव दिएका हुन् ।

स्रोतका अनुसार नेता भीमसेनदास प्रधानले देउवालाई सिटौलालाई कार्यवाहक बनाएर अघि बढे नेतृत्व लिन सहज हुने सुझाव दिएका हुन् ।

देउवा आगामी महाधिवेशनबाट पनि आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने सोचमा तयारी गरिरहेका छन् । शनिवारदेखि सातै प्रदेशका आफू निकट नेताहरूसँग छलफलमा जुटिरहेका छन् । शनिवार प्रदेश १ र २ का नेताहरूसँग छलफल गरेका उनले आइतबार बागमती प्रदेशका नेताहरूसँग छलफल गरेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस