१ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गरिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गरिने


५ असार २०७८, शनिबार


बैतडी । डिभिजन वन कार्यालय बैतडीले यस वर्ष १ लाख ५० हजार बिरुवा निःशुल्क वितरण गर्दैछ । जिल्लाका विभिन्न पाँच स्थानमा नर्सरी स्थापना गरी उत्पादन गरिएका जडीबुटी, फलफूलका बिरुवा वितरण गर्न लागिएको हो ।

जडीबुटी, फलफूलका गरी १० प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिए । डिभिजन वन कार्यालय र सव डिभिजन कार्यालयहरु गरी पाँच स्थानका नर्सरीमा बिरुवा उत्पादन गरिएका हन् ।

डिभिजन वन कार्यालय, सवडिभिजन कार्यालयहरु पाटन, गाँजरी, हाट र गोकुलेश्वर नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिएका हुन् । उत्पादन गरिएका बिरुवामा दाँते ओखर २० हजार, तेजपत्ता,लप्सी, बाँस,अमला,रिठ्ठालगायतका रहेका जनाइएको छ ।

गोकुलेश्वरमा रहेको सव डिभिजन कार्यालयबाट किसानलाई निःशुल्क वितरण भइरहेको र अन्य ठाउँका नर्सरीबाट केही दिनबाट वितरण हुने पराजुलीले बताए।

किसानको आयआर्जनमा वृद्धिका साथै पर्यावरणीय फाइदाका लागि वन कार्यालयले हरेक वर्ष निःशुल्क रुपमा बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेको पराजुलीको भनाइ छ । गत वर्ष पनि डिभिजन वन कार्यालयले ७० हजार विरुवा उत्पादन गरेर वितरण गरेको थियो ।

यसैबीच सुख्खा फलफूल विकास केन्द्र सतबाँज बैतडीले ५६ हजारको हाराहारीमा हिउँदे फलफुलका बिरुवा बिक्री वितरण गरेको छ । ५७ हजार बिरुवा उत्पादन गरेकोमा ५६ हजार बिक्री वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख डम्बर भाटले जानकारी दिए ।

यसै बीच ५६ हजारको हाराहारीमा हिउँदे फलफूलका बिरुवा बेचेर २७ लाख राजश्व सङ्कलन गरिएको छ । गत आर्थिक वर्षमा भने केन्द्रले २३ लाख १७ हजार मात्र राजश्व उठाएको थियो । केन्द्रले अहिले १८ हेक्टर क्षेत्रफलमा बिरुवाहरु उत्पादन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस