एमालेले दियो कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेले दियो कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन


४ असार २०७८, शुक्रबार


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

शुक्रबार (आज) बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिएका हुन् ।

गत वैशाख ३ गते उक्त ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले थापा, शाही र बुढालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने भएकाे हाे ।

Tags :
प्रतिक्रिया दिनुहोस