हावा हुरी चलेको बेला जाजरकोटबाट हराएका सातै सकुशल फेला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हावा हुरी चलेको बेला जाजरकोटबाट हराएका सातै सकुशल फेला


४ असार २०७८, शुक्रबार


जाजरकोट । जाजरकोटको कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ ।

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका-८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताए । खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस